२ माघ २०८२, बिहिबार । January 15, 2026

बङ्गलादेशसँगको व्यापारमा वृद्धि

आयात ३ अर्ब, निर्यात २७ करोड



झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशसँगको व्यापारमा महत्वपूर्ण वृद्धि भएको छ।

नेपालले बङ्गलादेशबाट रु २ अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरको मालसामान आयात गरेको छ भने, रु २७ करोड ६८ लाख ५४ हजारको सामग्री निर्यात गरेको छ। नेपाल पारवहन र गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेले जानकारी दिए अनुसार, बङ्गलादेशबाट सबैभन्दा धेरै रु १ अर्ब ६० करोडको अप्रशोधित जुट आयात भएको छ। अन्य प्रमुख वस्तुमा ब्याट्री, पोल्ट्री फिड, कस्मेटिक्स, हाइड्रोजन पेरअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, र फुड एण्ड बेभरेज समावेश छन्।

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजार बराबरको खुदो निर्यात भएको छ, जसमा जडीबुटी, घरायसी सामग्री, र पशुआहार पनि समावेश छन्। प्रमुख पाण्डेले द्विदेशीय व्यापार सन्तुलनमा कमी भएकोमा चिन्ता व्यक्त गर्दै, बिजुली निर्यातबाट उक्त सन्तुलन सुधार गर्न सकिने बताउनुभएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले