१ माघ २०८२, बुधबार । January 15, 2026

नेपाल शेयर बजारमा पुनः वृद्धिको संकेत, कारोबार रकम भने घट्यो



काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ३९.१३ अंकले वृद्धि हुँदै २,६२१.८६ विन्दुमा पुगेको छ। यससँगै, सबै समूहका शेयर मूल्यहरू बढेका छन्, विशेषगरी जीवन बीमा र अन्य समूहका शेयरहरू २ प्रतिशतभन्दा बढी वृद्धि भएका छन्।

फाइनान्स, होटल, जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहका शेयरहरू पनि १.५ प्रतिशतभन्दा बढी उकालो लागेको देखिएका छन्। माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीका शेयरहरू ५ प्रतिशतभन्दा बढी बढेका छन्।

तर, समग्र बजारको वृद्धि भए तापनि, आजको कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएका छन्।

यस दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै, ७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले