१ आश्विन २०८३, बिहिबार । September 18, 2026

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात


१२ चैत्र २०८१, बुधबार  

33
Shares

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ।

यो अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रु ६४ करोड १७ लाख ५९ हजारले कमी आएको छ। गत वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात रु १३ अर्ब ३८ करोड ३३ लाख भएको थियो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयातमा कमी भए तापनि, राजस्वमा वृद्धि भएको जानकारी दिए।

चालु वर्षको आठ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत वर्षको आठ महिनामा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ