३ भदौ २०८३, बुधबार । August 20, 2026

हेटौंडा सिमेन्ट उद्योग चैतमै पुनः सञ्चालनमा


११ चैत्र २०८१, मंगलबार  

63
Shares

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यस चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्न लागेको छ।

उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नविनकुमार कर्णले मेसिनको मर्मत सम्भार सकिएको, कच्चा पदार्थको आपूर्ति सुनिश्चित भएको र कर्मचारीहरू काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्न तयारी भइरहेको जानकारी दिए।

उनले बताए, “पुरानो मेसिनको मर्मत गर्न केही समय लाग्यो। नयाँ मेसिन लगाउन आर्थिक अवरोध भएकाले मर्मत गरिएको हो। अब तत्काल सिमेन्ट उत्पादन गर्न सकिनेछ।”

उद्योगले एक सय टन कोइला मौज्दात राखेको र थप आपूर्तिको प्रक्रिया सुरु भएको कर्णले बताए। नेपाल विद्युत प्राधिकरणले नियमित बिजुली आपूर्ति गर्ने प्रतिबद्धता जनाएपछि बिजुली समस्या समाधान हुने उनको भनाइ छ।

गत असोज १५ गतेदेखि मर्मत कारण बन्द रहेको यस उद्योगले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। विसं २०४३ देखि उत्पादन सुरु गरेको यो उद्योग आर्थिक समस्याका कारण बारम्बार बन्द हुँदै आएको छ।

कर्मचारीहरूले तीन महिनादेखि तलब पाउन नसकेका समस्याको समाधान पुनःसञ्चालनसँगै हुने आशा गरिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध