१ माघ २०८२, बुधबार । January 15, 2026

हेटौंडा सिमेन्ट उद्योग चैतमै पुनः सञ्चालनमा



हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यस चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्न लागेको छ।

उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नविनकुमार कर्णले मेसिनको मर्मत सम्भार सकिएको, कच्चा पदार्थको आपूर्ति सुनिश्चित भएको र कर्मचारीहरू काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्न तयारी भइरहेको जानकारी दिए।

उनले बताए, “पुरानो मेसिनको मर्मत गर्न केही समय लाग्यो। नयाँ मेसिन लगाउन आर्थिक अवरोध भएकाले मर्मत गरिएको हो। अब तत्काल सिमेन्ट उत्पादन गर्न सकिनेछ।”

उद्योगले एक सय टन कोइला मौज्दात राखेको र थप आपूर्तिको प्रक्रिया सुरु भएको कर्णले बताए। नेपाल विद्युत प्राधिकरणले नियमित बिजुली आपूर्ति गर्ने प्रतिबद्धता जनाएपछि बिजुली समस्या समाधान हुने उनको भनाइ छ।

गत असोज १५ गतेदेखि मर्मत कारण बन्द रहेको यस उद्योगले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। विसं २०४३ देखि उत्पादन सुरु गरेको यो उद्योग आर्थिक समस्याका कारण बारम्बार बन्द हुँदै आएको छ।

कर्मचारीहरूले तीन महिनादेखि तलब पाउन नसकेका समस्याको समाधान पुनःसञ्चालनसँगै हुने आशा गरिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले