१ माघ २०८२, बुधबार । January 15, 2026

गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारीमा सरकार



रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना तयार गरिएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले उक्त जानकारी दिँदै, विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्नका लागि विभिन्न प्रोत्साहन कार्यक्रम लागू गरिएका बताए। उनका अनुसार, यात्रु भाडादरलाई प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइने छ। यात्रु सुविधाका लागि श्रम, मेडिकल र भिसा प्रक्रिया सहज बनाउने पहल पनि भइरहेको छ।

महाप्रबन्धक तिवारीले सबै पक्षबीच सशक्त सहकार्य गरी समर सेड्युललाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने आवश्यकता औंल्याए। यसैबीच, गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चैत्र ९ गते सरोकारवालासँग छलफल गरेका छन्। विमानस्थलको नयाँ भू–उपग्रह आधारित ‘आरएनपी–एआर’ अवतरण प्रणाली पनि कार्यान्वयनमा आएको छ, जसले खराब मौसमका कारण उडान स्थगित हुनबाट रोक्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

विमानस्थलको तथ्याङ्कअनुसार, २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०२५ मार्च २० सम्म १३,१८१ यात्रुले विमानस्थलको सेवा प्रयोग गरेका छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले