१ माघ २०८२, बुधबार । January 15, 2026

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने



काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन लागेको एसईई परीक्षाको अवधिभरि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् । उनले लेखेका छन्, ‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आईरहेको छ ।

तर यदि म कार्यक्रम गर्दै हिडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।

साथै परीक्षा अवधिभर सञ्चालन हुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले