८ कार्तिक २०८३, आइतबार । October 25, 2026

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ


३ चैत्र २०८१, सोमबार  

66
Shares

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम अन्तर्गत लुम्विनी विशिष्टिकृत सहकारी संघसँगको साझेदारीमा गुणस्तरीय दुध र दुग्धजन्य पदार्थ विक्रि केन्द्रको शुभारम्भ गरेको छ ।

यस नयाँ पहलकदमीले सहकारीको उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र नभई सदस्यहरूको आर्थिक बचतलाई थप सुरक्षित बनाउने उद्देश्यलाई पूरा गर्न मद्दत पुर्याउने छ। सोमबार बुटवल स्थित इन्द्रेणी सहकारीको आफ्नै भवनबाट दुध विक्रि वितरण केन्द्रको उद्घाटन गरिएको हो। तिलोत्तमामा रहेको लुम्विनी विशिष्टिकृत सहकारी संघका उत्पादनहरूको विक्रि गर्ने सम्झौतामा हस्ताक्षर गरेर दुध र दुग्धजन्य पदार्थहरूको विक्रि वितरण थालिएको छ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीका यी पहलहरूलाई अत्यन्तै सकारात्मक र उदाहरणीय कदमको रूपमा प्रस्तुत गर्दै, यस्तो गतिविधिले सदस्य र संस्थाबिचको दूरीलाई घटाउने विश्वास व्यक्त गरे। लुम्विनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौडेलले भनिन, “लुम्विनी विशिष्टिकृत सहकारीले उच्च गुणस्तरका दुध र दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएको छ, र यस साझेदारीले गुणस्तरीय उत्पादनका साथै सहकारीको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने छ।”

इन्द्रेणी सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बजारमा पाइने दुध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा उचालिएका प्रश्नहरूको समाधानको लागि यो विक्रि केन्द्रको शुभारम्भ गरिएको जानकारी दिए। उनले भने, “गुणस्तरीय, स्वच्छ र स्वस्थवर्धक दुधको उपलब्धताले सदस्य र उपभोक्तामा विश्वास जगाउने छ।” सहकारीले बहुउद्देश्य कार्यक्रम अन्तर्गत इभि चार्जिङ स्टेशन र दुध विक्रि केन्द्र सञ्चालन गर्न डेढ करोड रुपैयाँभन्दा बढीको लगानी गरेको छ।

इन्द्रेणी सहकारीको कुल पुँजी ६३ करोड रुपैयाँ रहेको र २,१०० शेयर सदस्य रहेको रहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि