४ असार २०८३, बिहिबार । June 18, 2026

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ


३ चैत्र २०८१, सोमबार  

66
Shares

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम अन्तर्गत लुम्विनी विशिष्टिकृत सहकारी संघसँगको साझेदारीमा गुणस्तरीय दुध र दुग्धजन्य पदार्थ विक्रि केन्द्रको शुभारम्भ गरेको छ ।

यस नयाँ पहलकदमीले सहकारीको उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र नभई सदस्यहरूको आर्थिक बचतलाई थप सुरक्षित बनाउने उद्देश्यलाई पूरा गर्न मद्दत पुर्याउने छ। सोमबार बुटवल स्थित इन्द्रेणी सहकारीको आफ्नै भवनबाट दुध विक्रि वितरण केन्द्रको उद्घाटन गरिएको हो। तिलोत्तमामा रहेको लुम्विनी विशिष्टिकृत सहकारी संघका उत्पादनहरूको विक्रि गर्ने सम्झौतामा हस्ताक्षर गरेर दुध र दुग्धजन्य पदार्थहरूको विक्रि वितरण थालिएको छ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीका यी पहलहरूलाई अत्यन्तै सकारात्मक र उदाहरणीय कदमको रूपमा प्रस्तुत गर्दै, यस्तो गतिविधिले सदस्य र संस्थाबिचको दूरीलाई घटाउने विश्वास व्यक्त गरे। लुम्विनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौडेलले भनिन, “लुम्विनी विशिष्टिकृत सहकारीले उच्च गुणस्तरका दुध र दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएको छ, र यस साझेदारीले गुणस्तरीय उत्पादनका साथै सहकारीको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने छ।”

इन्द्रेणी सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बजारमा पाइने दुध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा उचालिएका प्रश्नहरूको समाधानको लागि यो विक्रि केन्द्रको शुभारम्भ गरिएको जानकारी दिए। उनले भने, “गुणस्तरीय, स्वच्छ र स्वस्थवर्धक दुधको उपलब्धताले सदस्य र उपभोक्तामा विश्वास जगाउने छ।” सहकारीले बहुउद्देश्य कार्यक्रम अन्तर्गत इभि चार्जिङ स्टेशन र दुध विक्रि केन्द्र सञ्चालन गर्न डेढ करोड रुपैयाँभन्दा बढीको लगानी गरेको छ।

इन्द्रेणी सहकारीको कुल पुँजी ६३ करोड रुपैयाँ रहेको र २,१०० शेयर सदस्य रहेको रहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा