काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
छापावाला सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ।
आज चाँदीको मूल्य २ हजार २० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया