१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम


२८ फाल्गुन २०८१, बुधबार  

12
Shares

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार राजधानी काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, विश्व अधिकारी, उपस्थित थिए ।

मुख्य अतिथि अधिकारीले परामर्श लिन चाहने विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई समस्या परेको खण्डमा नेपाल प्रहरीले सदैव सहयोगको लागि तत्पर रहेको जनाए ।परामर्श व्यवसायी महासंघका अध्यक्ष, राजेन्द्र बरालले नेपाल प्रहरीसँग सहकार्य गरेर शैक्षिक परामर्श व्यवसायलाई सुरक्षित र सरल बनाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष, प्रकाश पाण्डेले विद्यार्थी र अभिभावकहरुलाई सचेत र जिम्मेवार बनाउँदै शैक्षिक परामर्शको बारेमा थाहा पाउने उद्देश्यले एक हेल्पलाइन प्रणाली पुनः डिजाइन गर्ने कुरा अघि सारे। उनले भने, “विद्यार्थी र अभिभावकले शैक्षिक परामर्श कसरी र कहाँबाट लिनु पर्छ भन्ने कुरा बुझ्न जरुरी छ।”

यस कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराई लगायत शैक्षिक परामर्श संघका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर