१ कार्तिक २०८३, आइतबार । October 19, 2026

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै


१९ फाल्गुन २०८१, सोमबार  

75
Shares

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।

शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् । सोही दिनको क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको छ । क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।

यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो ।

सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि