१ माघ २०८२, बुधबार । January 14, 2026

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने



काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।

आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् ।

निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । निर्माता पौडेल फरक धारका सिनेमा बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’ मा स्टार कलाकार रहनेछन् वा नयाँ अनुहारलाई अवसर दिनेछन् भन्ने प्रष्ट छैन । तर, उनी नयाँ निर्देशक र अन्डरगड कलाकारलाई स्थान दिने निर्माता भएकाले स्टार कलाकार यो चलचित्रमा अनुबन्ध गर्ने सम्भावना न्यून छ ।

नयाँ अथवा गुमनाम अुनहारमार्फत नयाँ कथा भन्दा दर्शकलाई कथा कन्भिन्स गर्न सहज हुने धारणा राख्ने पौडेलले सोही अनुसार कलाकार अनुबन्ध गराउने सम्भावना छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले