२ बैशाख २०८३, बुधबार । April 16, 2026

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने


१८ फाल्गुन २०८१, आइतबार  

42
Shares

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।

आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् ।

निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । निर्माता पौडेल फरक धारका सिनेमा बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’ मा स्टार कलाकार रहनेछन् वा नयाँ अनुहारलाई अवसर दिनेछन् भन्ने प्रष्ट छैन । तर, उनी नयाँ निर्देशक र अन्डरगड कलाकारलाई स्थान दिने निर्माता भएकाले स्टार कलाकार यो चलचित्रमा अनुबन्ध गर्ने सम्भावना न्यून छ ।

नयाँ अथवा गुमनाम अुनहारमार्फत नयाँ कथा भन्दा दर्शकलाई कथा कन्भिन्स गर्न सहज हुने धारणा राख्ने पौडेलले सोही अनुसार कलाकार अनुबन्ध गराउने सम्भावना छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व