७ बैशाख २०८३, सोमबार । April 20, 2026

टाटा कर्भ ईभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनीक, कति पर्छ मूल्य ?


१३ फाल्गुन २०८१, मंगलबार  

63
Shares

काठमाडौं । भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा कर्भ ईभीको टप भेरियन्ट सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘टाटा ईभीः चार्जज्ड फर द फ्युचर’ सार्वजनीक भएको हो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ ईभी सार्वजनिक गरेका हुन् । कम्पनीले टाटा कर्भ ईभीको टप भेरियन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

कार्यक्रममा कर्भ ईभीका साथै टाटाका नयाँ गाडीहरू नेक्सन केथ्री ईभी र टियागो ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरिएको छ ।

के कस्ता छन् विशेषता ?
कम्पनीका अनुसार कर्भ ईभी टप भेरियन्ट टाटा ईभीको उन्नत पियोर ईभी आर्किटेक्चर–एक्टी ईभीमा आधारित छ ।

यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ । नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेन्ज पाउन सकिन्छ ।

यसमा एडीएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल(व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आई(भीबीएस सहितको ईएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउने कम्पनीले जनाएको छ । गाडीमा ३१ दशमलव २४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६ दशमलव ०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरुफ, मल्टि-मुड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू रहेका छन् ।

यस एसयूभीमा सरल र सहज चार्जिङका लागि घरको भित्तामा जडान गर्न मिल्ने ७ दशमलव २ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा रहेको छ । जसबाट १० दशमलव ८० प्रतिशत चार्ज ४० मिनेटमा पूरा हुने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित