२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड बढीको कारोबार


१२ फाल्गुन २०८१, सोमबार  

33
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से ३ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ७५ विन्दुमा कायम भएको हो । आज २ करोड ११ लाख १० हजार ६ सय १९ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो कारोबारका दिन आइतबार मात्रै ११ दशमलव ६६ अङ्कले बढेको नेप्से २ हजार ७ सय ५५ दशमलव ४० को विन्दुमा बन्द भएको थियो ।

आज गुराँस माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ८९ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ