१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

३ दशमलव १४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो


८ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ बिन्दुमा कायम भएको छ । आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशत तथा विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से सामान्य बढेको दिन बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

अघिल्लो कारोबार दिन गएको मङ्गलवार १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था