१ माघ २०८२, बुधबार । January 14, 2026

३ दशमलव १४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ बिन्दुमा कायम भएको छ । आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशत तथा विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से सामान्य बढेको दिन बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

अघिल्लो कारोबार दिन गएको मङ्गलवार १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले