२१ मंसिर २०८२, शनिबार । December 6, 2025

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा १२ दशमलव ६८ अंकले बढेको छ ।

आज नेप्से २ हजार ७ सय ४० विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १० अर्ब ४३ करोडको भएको छ । ८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३।६७ प्रतिशत बढ्यो ।

यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६ दशमलव ८ र ४ दशमलव ३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो । साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो ।

बैंकिङ ० दशमलव २२, लगानी १ दशमलव २४, जीवन बीमा १ दशमलव ७४, निर्जीवन बीमा ० दशमलव ३० र व्यापार समूह ० दशमलव ४१ प्रतिशत बढे । विकास बैंक सेक्टर सबैभन्दा धेरै १ दशमलव ७४ प्रतिशत घट्यो । फाइनान्स १ दशमलव ५, होटल तथा पर्यटन १ दशमलव ०४, हाइड्रोपावर ० दशमलव १३, उत्पादन ० दशमलव ०६, माइक्रोफाइनान्स ० दशमलव ७९ प्रतिशत घटे । सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो ।

भूगोल इनर्जीको ८ दशमलव ९५, एक्सल डेभलपमेन्टको ५ दशमलव ९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५ दशमलव ८ प्रतिशत घट्यो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको