२९ पुस २०८२, मंगलबार । January 14, 2026

६ दशमलव ५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ६ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ८३ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । आज ७ अर्ब २४ करोडको कारोबार भएको छ । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २ दशमलव ३७ प्रतिशत बढ्यो ।

हाइड्रोपावर १ दशमलव ५७, लगानी ० दशमलव ४८ तथा उत्पादन ० दशमलव ०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १ दशमलव ०५ प्रतिशत घट्यो ।

अन्य ० दशमलव ०१, निर्जीवन बीमा ० दशमलव ४३, माइक्रोफाइनान्स ० दशमलव ०४, जीवन बीमा ० दशमलव ०८, होटल तथा पर्यटन ० दशमलव ४७, फाइनान्स ० दशमलव २९ तथा बैंकिङ ० दशमलव २० प्रतिशत घटेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले