१ आश्विन २०८३, बिहिबार । September 17, 2026

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा


२१ माघ २०८१, सोमबार  

567
Shares

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको सफ्ट लन्चसहित आउटलेट सञ्चालनमा ल्याएको छ ।

चियाका पारखीका लागि विश्व चर्चित दुबईको चिया ब्राण्ड फिल्ली स्काई टावरमा पनि सञ्चालनमा ल्याएको हो । यसअघि लाजिम्पाट, बौद्ध, ठमेल र लबिम मलमा क्याफे सञ्चालनमा आइसकेको छ । ‘चियाका पारखीलाई सस्तो र गुणस्तरिय चिया उपलब्ध गराउनु र दुबईको जस्तो मुलुकबाट विश्वका विभिन्न मुलुकमा फैलिएको ब्राण्डलाई नेपालमा चेनको रुपमा भित्र्याएर यो पाँचौं आटलेटको रुपमा स्काई टावरमा आउटलेट सञ्चालनमा ल्याएका छौं । अब वैशाखभित्रै थप दुई शाखा अन्य स्थानमा पनि सञ्चालनमा आउने तयारी चलिररहेको छ ।’ सञ्चालक नविन खड्काले भने ।

फिल्लीले पोखरा र नेपालगञ्जमा समेत आउटलेटको तयारी गरिरहको जनाएको छ । कार्यक्रममा फिल्लीका दुबई प्रतिनिधि तथा चिफ विजनेश अफिसर हितेस मेहेता र मौरिससका प्रतिनिधि समेत सहभागी भएका थिए । फिल्ली दुबईसहित भारत, अमेरिका, क्यानडा लगायत १४ मुलुकमा सञ्चालनमा आइसकेको मेहेताले जनाए ।

फिल्ली ’जाफ्रान टी’को लागि परिचित छ, जुन केसरको साथमा चियाको मिश्रण हो । फिल्लीले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज लगायतका विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ