८ कार्तिक २०८३, आइतबार । October 25, 2026

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा


२१ माघ २०८१, सोमबार  

567
Shares

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको सफ्ट लन्चसहित आउटलेट सञ्चालनमा ल्याएको छ ।

चियाका पारखीका लागि विश्व चर्चित दुबईको चिया ब्राण्ड फिल्ली स्काई टावरमा पनि सञ्चालनमा ल्याएको हो । यसअघि लाजिम्पाट, बौद्ध, ठमेल र लबिम मलमा क्याफे सञ्चालनमा आइसकेको छ । ‘चियाका पारखीलाई सस्तो र गुणस्तरिय चिया उपलब्ध गराउनु र दुबईको जस्तो मुलुकबाट विश्वका विभिन्न मुलुकमा फैलिएको ब्राण्डलाई नेपालमा चेनको रुपमा भित्र्याएर यो पाँचौं आटलेटको रुपमा स्काई टावरमा आउटलेट सञ्चालनमा ल्याएका छौं । अब वैशाखभित्रै थप दुई शाखा अन्य स्थानमा पनि सञ्चालनमा आउने तयारी चलिररहेको छ ।’ सञ्चालक नविन खड्काले भने ।

फिल्लीले पोखरा र नेपालगञ्जमा समेत आउटलेटको तयारी गरिरहको जनाएको छ । कार्यक्रममा फिल्लीका दुबई प्रतिनिधि तथा चिफ विजनेश अफिसर हितेस मेहेता र मौरिससका प्रतिनिधि समेत सहभागी भएका थिए । फिल्ली दुबईसहित भारत, अमेरिका, क्यानडा लगायत १४ मुलुकमा सञ्चालनमा आइसकेको मेहेताले जनाए ।

फिल्ली ’जाफ्रान टी’को लागि परिचित छ, जुन केसरको साथमा चियाको मिश्रण हो । फिल्लीले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज लगायतका विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि