१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

पीएम कप महिला क्रिकेटः बागमतीसँग आर्मी १४ रनले पराजित



काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत समूह बी को जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको छ ।

बाग्मतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३ ओभर २ बलमा ६७ रनमा अलआउट भयो । आर्मीकी अञ्जली विश्वकर्माले १४, नगिमा तामाङले १३ रन बनाइन् । बाग्मतीकी सोनु खड्का, मनिषा उपाध्याय र कञ्चन श्रेष्ठले २/२ विकेट लिए । यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो ।

बाग्मतीकी यशु पाण्डेले २५, कञ्चन श्रेष्ठले नटआउट २४ र यशोदा विष्टले नटआउट २० रन बनाए । आर्मीकी ईश्वरी विष्ट र लक्ष्मी साउदले १/१ विकेट लिए । यो जीतसँगै बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका

बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु ५ घाइते

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

महाशिवरात्रीको दिन ट्राफिक व्यबस्थापनमा ८ सय ९० जना ट्राफिक प्रहरी खटिने

काठमाडौं । आगामी फागुन १४ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक