३ आश्विन २०८३, शनिबार । September 19, 2026

पीएम कप महिला क्रिकेटः बागमतीसँग आर्मी १४ रनले पराजित


७ माघ २०८१, सोमबार  

114
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत समूह बी को जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको छ ।

बाग्मतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३ ओभर २ बलमा ६७ रनमा अलआउट भयो । आर्मीकी अञ्जली विश्वकर्माले १४, नगिमा तामाङले १३ रन बनाइन् । बाग्मतीकी सोनु खड्का, मनिषा उपाध्याय र कञ्चन श्रेष्ठले २/२ विकेट लिए । यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो ।

बाग्मतीकी यशु पाण्डेले २५, कञ्चन श्रेष्ठले नटआउट २४ र यशोदा विष्टले नटआउट २० रन बनाए । आर्मीकी ईश्वरी विष्ट र लक्ष्मी साउदले १/१ विकेट लिए । यो जीतसँगै बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ