३ आश्विन २०८३, शनिबार । September 19, 2026

सन्दीप लामिछानेले नेपाली क्रिकेटबाट सन्यास लिएकै हुन् त ?


६ माघ २०८१, आइतबार  

5.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले गएराति सामाजिक सञ्जालमा लेखेको एउटा पोस्टले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।

उनले उक्त पोस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘सबै कुराका लागि सबैलाई धन्यवाद। यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैं साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरो लागि अमूल्य छन् र सधैं मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् ।

शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’ यद्यपी उनले पोस्टमा सन्यास लिएको भन्ने कुरा प्रष्ट नखुलाएपनि उनको आशय भने बुझ्न सकिन्छ । उनका समर्थकहरुले उक्त पोस्टमा निवृत जीवन सफल रहोस् भन्दै शुभकामना समेत दिएका छन् । सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।
यस्तो छ उनले लेखेको पोस्ट:

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ