२ माघ २०८१, बुधबार । January 16, 2025

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३/३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मूल्य २ दशमलव २४ रुपैयाँ र डिजेलको खरिद मूल्य ३ दशमलव ५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२ दशमलव ५०, दोस्रोमा १ सय ६४ र तेस्रोमा १ सय ६५ रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३ दशमलव ५०, दोस्रोमा १ सय ५५ र तेस्रो १ सय ५६ रुपैयाँ भएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

सहकारी ठगी प्रकरणः रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा राष्ट्रिय स्वतन्त्र

पीएम कप महिला क्रिकेटः कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा जारी प्रधानमन्त्री कप महिला

पीएम कप महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८२ करोड बढीको कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक