८ बैशाख २०८३, मंगलबार । April 21, 2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?


२ माघ २०८१, बुधबार  

1.6k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३/३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मूल्य २ दशमलव २४ रुपैयाँ र डिजेलको खरिद मूल्य ३ दशमलव ५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२ दशमलव ५०, दोस्रोमा १ सय ६४ र तेस्रोमा १ सय ६५ रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३ दशमलव ५०, दोस्रोमा १ सय ५५ र तेस्रो १ सय ५६ रुपैयाँ भएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित