२८ पुस २०८२, सोमबार । January 12, 2026

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८२ करोड बढीको कारोबार



काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १ दशमलव ८३ अंकले बढेर २ हजार ५ सय ९५ विन्दुमा पुगेको छ । आज कारोबार रकम सोमबारको तुलनामा घटेको छ। आज २९९ स्क्रिप्सको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ रुपैयाँमा खरिदबिक्री भए ।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोल्टी पावरको सेयर १० प्रतिशतले बढ्यो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ३२ अर्ब ४९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएकामध्ये १२४ स्टक्सको मूल्य बढ्दा १०८ वटाको घटयो। १० स्टक्सको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा ६ वटाको घट्यो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले