१ चैत्र २०८१, शनिबार । March 15, 2025

रेड्मी नोट १४ सिरिज नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य कति ?



काठमाडौं । एमआई रेड्मी नोट १४ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै रेड्मी नोट १४ सिरिज सार्वजनिक गरेको हो । यस सिरिज अन्तर्गत कम्पनीले ४ ओटा मोडल सार्वजनिक गरेको छ । जस अन्तर्गत रेड्मी नोट १४ फाइभजी, रेड्मी नोट १४ प्रो फाइभजी, रेड्मी नोट १४ प्रो प्लस फाइभजी गरी ३ ओटा फाइभजी मोडल सार्वजनिक गरेको छ भने एउटा रेड्मी नोट १४ फोरजी मोडल सार्वजनि गरेको छ ।

नोट १४ प्रो र नोट १४ प्रो प्लस
कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ ।

यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् ।

पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै यी मोडेलमा १ दशमलव ५ के एमोडेल डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । प्रो प्लस फाइभजीमा स्नापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै यो मोडेल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ ।

यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी १४ प्रोमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडेल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ ।

यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ । नोट १४ सिरिज अन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोरे भेरियन्टमा सार्वजनिक गरिएको छ ।

यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ बने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ ।

रेड्मी नोट १४ फाइभजी
रेड्मी नोट १४ फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ ।

मिडियाटेक डाइमेन्सिटी ७०२५- अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी, २५६जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडेल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ ।

यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ । गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

रेड्मी नोट १४ फोर जी
यस मोडेलमा मिडियाटेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी, १२८जीबी र ८ जीबी, २५६जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । १०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ ।

सेल्फी पारकीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । ५५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ ।

यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र