२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

सामान्य अंकले बढ्यो नेप्से, नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से चार दशमलव ६३ अङ्कले बढेर दुई हजार पाँच सय ८६ दशमलव २३ विन्दुमा पुगेर रोकिएको छ । आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे दुई प्रतिशत अर्थात् एक सय २४ अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने पाँच प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधबार साढे तीन अर्बको शेयर कारोबार भएकोमा आज तीन सय १५ वटा कम्पनीका एक करोड ८६ हजार कित्ता शेयर चार अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय