४ असार २०८३, बिहिबार । June 18, 2026

सामान्य अंकले बढ्यो नेप्से, नेप्सेसँगै बढ्यो कारोबार रकम


१८ पुस २०८१, बिहिबार  

42
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से चार दशमलव ६३ अङ्कले बढेर दुई हजार पाँच सय ८६ दशमलव २३ विन्दुमा पुगेर रोकिएको छ । आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे दुई प्रतिशत अर्थात् एक सय २४ अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने पाँच प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधबार साढे तीन अर्बको शेयर कारोबार भएकोमा आज तीन सय १५ वटा कम्पनीका एक करोड ८६ हजार कित्ता शेयर चार अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा