२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

चितवन राइनोजको एनपीएल यात्रा समाप्त, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली क्वालिफायर २ मा प्रवेश गरेको हो । अब कर्णालीले क्वालिफायर १ मा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले पूरै ओभर खेलेर ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले ५३ रन बनाए । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केन्सटाइनले १६ रन बनाए । कर्णालीका लागि जिशान मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।

यसअघि कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव