३ पुस २०८१, बुधबार । December 18, 2024

सामान्य अंकले बढ्यो नेप्से,४ अर्ब ३४ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ ।

आज नेप्से २ दशमलव ९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

मंगलबार ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घट्यो । मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम

चितवन राइनोजको एनपीएल यात्रा समाप्त, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको

भारतीय क्रिकेटर आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

तोलामा ७ सयले घट्यो सुन, चाँदीको भाउ कति छ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सयले

२४ घण्टा…

जिन्दगी कति नै छ र ?भाग्यले बाँचियो भनेमात्र १० दशकनत्र