काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा जारी भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा खेल सुरु हुनेछ ।
नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
प्रतिक्रिया