काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको जारी अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
निर्धारित २० ओभरमा कर्णालीले अलआउट हुँदै १ सय १ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान दिएका थिए । यसबाहेक विलय बोसिस्टोले १६ रन बनाउँदा चाडविक वाल्टनले ११ रन बनाए। त्यस्तै बाबर हायतले १३ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाएका थिए।
कर्णालीलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिएका थिए भने स्कट कुगेलिङ्ग र दिपेन्द्र सिंह ऐरीले २(२ विकेट लिए।
प्रतिक्रिया