काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।







प्रतिक्रिया