२ कार्तिक २०८३, सोमबार । October 19, 2026

एनपीएल विशेषः जनकपुरलाई पराजित गर्दै प्लेअफ नजिक चितवन


२९ मंसिर २०८१, शनिबार  

201
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्स चितवन राइनोजसँग पराजित भएको छ ।

रोमाञ्चक खेलमा जनकपुर चितवनसँग ३२ रनले पराजित भएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको चितवन प्ले अफ नजिक पुगेको छ । चितवनले दिएको १ सय ८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो ।

जनकपुरका लागि जेम्स निशामले विस्फोटक अर्धशतकीय पारी खेले । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए । यद्यपि, जनकपुरको जितको लागि पर्याप्त हुन सकेन । आसिफ शेखले २३, शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि