४ असार २०८३, बिहिबार । June 19, 2026

एनपीएल विशेषः प्लेअफ दौडबाट बाहिरियो पोखरा, काठमाडौंको सम्भावना कायमै


२९ मंसिर २०८१, शनिबार  

468
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान भएको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्समाथि सानदार जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ । यत, पोखरा भने प्लेअफ दौडबाट बाहिरिएको छ । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य काठमान्डुले १४ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका लागि स्टिफन एस्किनाजीले अर्धशतकीय पारी खेले । उनले बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए । माइकल लेभिटले ३२ र भीम सार्कीले २२ रन बनाए । पोखराका लागि विपिन खत्री र माइकल लिस्कले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा