२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने घटेको छ । बुधबार ५ अर्ब ५ करोड बराबरको कारोबार भएको थियो भने आज कारोबार रकम ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २ सय ५८ रहेको छ ।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर किनबेच भएको छ । आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९ दशमलव ९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो।

सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो। दुई समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको