३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपिएल विशेषः सुपर ओभरमा सन्दिप महंगो साबित, पोखरासँग बिराटनगर १३ रनले पराजित


२७ मंसिर २०८१, बिहिबार  

537
Shares

एनपिएल अन्तरगत विहिबारको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ । एनपिएल इतिहासको पहिलो सुपर ओभरमा पोखराले विराटनगरमाथि १३ रनले विजयी भयो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो । विराटनगरका तर्फबाट बलिङ गर्न आएका कप्तान सन्दिप लामिछानेले अपेक्षीत बलिङ गर्न नसक्दा २ छक्का र १ चौकाको शिकार बनेका थिए । १९ रनको लक्ष्य पछ्याएको बिराटनगरका लागि माटिंन गप्टिल र निकोलस किर्तनको ब्याट नचल्दा केवल ५ रन बनाउन सक्यो ।

त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । जितसँगै पाँच खेलबाट ४ अंक जोडेको पोखराले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । समान खेलबाट केवल २ अंक जोडेको बिराटनगरको भने प्लेअफ सम्भावना लगभग सकिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ