२३ असार २०८२, सोमबार । July 8, 2025

एनपिएल विशेषः सुपर ओभरमा सन्दिप महंगो साबित, पोखरासँग बिराटनगर १३ रनले पराजित



एनपिएल अन्तरगत विहिबारको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ । एनपिएल इतिहासको पहिलो सुपर ओभरमा पोखराले विराटनगरमाथि १३ रनले विजयी भयो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो । विराटनगरका तर्फबाट बलिङ गर्न आएका कप्तान सन्दिप लामिछानेले अपेक्षीत बलिङ गर्न नसक्दा २ छक्का र १ चौकाको शिकार बनेका थिए । १९ रनको लक्ष्य पछ्याएको बिराटनगरका लागि माटिंन गप्टिल र निकोलस किर्तनको ब्याट नचल्दा केवल ५ रन बनाउन सक्यो ।

त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । जितसँगै पाँच खेलबाट ४ अंक जोडेको पोखराले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । समान खेलबाट केवल २ अंक जोडेको बिराटनगरको भने प्लेअफ सम्भावना लगभग सकिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले