९ बैशाख २०८३, बुधबार । April 23, 2026

एनपीएल विशेषः अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती !


२६ मंसिर २०८१, बुधबार  

72
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान सवा ९ बजे सुरु हुँदैछ । हालसम्मको प्रदर्शनका आधारमा हेर्नेहो भने दुवै टिम उत्कृष्ट मानिएका छन् । त्यसैकारण पनि आजको यो खेल निकै रोचक हुने अपेक्षा समेत गरिएको छ । यद्यपि चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ।

जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णालीलाई आठै विकेटमा पराजित गरेको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गरेको थियो । जनकपुरले लुम्बिनी लायन्सविरूद्ध भने संघर्षपूर्ण जित निकालेको थियो।१ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमाएर १ रनले मात्रै लुम्बिनीविरूद्ध जित निकालेको थियो।

यता चार खेल खेलिसकेको सुदूरश्चिम रोयल्सले तीन खेलमा सानदार जित निकालेको छ। उसले पनि पहिलो खेलमा विराटनगरलाई ९० रनले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको सुदूरपश्चिमले आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले आफ्नो चौथो खेलमा भने चितवन राइनोजसँग ३३ रनले पराजित हुँदै हारको स्वाद चाखेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म