१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

उच्च अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


२३ मंसिर २०८१, आइतबार  

66
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ ।

आज नेप्से परिसूचक ४१ दशमलव ९३ अंकले घटेर २ हजार ६ सय ८९ विन्दुमा पुगेको छ । नेप्से उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज ३२१ स्क्रिप्सको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भए।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढ्दा दोल्टी पारको ८ दशमलव ७७, १० प्रतिशत केबीएल डेबेन्चर २०९०को ८ दशमलव १४, स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाको ७ दशमलव ८९ र मोलुङ हाइड्रोपावरको ६ दशमलव ५० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल फाइनान्स र रिभर फल्स पावरको १५र१५ करोडको सेयर कारोबार भयो। कालिञ्चोक हाइड्रोपावरको १३ करोड र बेस्ट फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २७ स्टक्सको मूल्य बढ्दा २१४ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्।

लाइफ इन्स्योरेन्सको उपसूचक ३ दशमलव ०७प्रतिशतले ओरालो लाग्यो।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था