काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ ।
यसअघि प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८ सय ९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया