३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः सुदूरपश्चिमको रफ्तारमा ब्रेक लगाउन सफल होला काठमाडौं ?


२० मंसिर २०८१, बिहिबार  

27
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै सानदार सुरुवात गरेको सुदूरपश्चिम रोयल्सले बिहीबार आफ्नो दोस्रो खेल खेल्दैछ ।

दिउँसो १ बजेर १५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा सुरु हुने उक्त खेलमा सुदुरपश्चिमले काठमाडौं गुर्खाजको सामना गर्नेछ । काठमाडौंले भने दुई खेल खेलिसकेको छ । बिहीबार हुने सुदूरपश्चिम विरुद्धको उक्त खेल काठमाडौंका लागि प्रतियोगिताको तेस्रो खेल हुनेछ ।

काठमाडौंले यसअघि खेलेका दुई खेलमध्ये एकमा पराजय व्यहोरेको छ भने दोस्रो खेलमा विजयी हासिल गरेको छ । गएको सोमबार भएको चितवन राइनोज विरुद्धको पहिलो खेलमा काठमाडौं ५ विकेटले पराजित हुन पुग्यो । काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ दशमलव १ बलमा ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

पराजयबाट प्रतियोगिताको सुरुआत गरेको काठमाडौंले बुधबार बिहान भएको कर्णाली याक्सविरुद्धको खेलमा भने विजय प्राप्त गर्यो । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौं १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा कमब्याक गरेको काठमाडौं आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमलाई हराउँदै सुपर ४ मा पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ ।

यता, प्रतियोगिताको पहिलो खेलमै उत्साहजनक प्रदर्शन गरेको सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । मंगलबार बिहान भएको विराटनगर किंग्स विरुद्धको खेलमा सुदूरपश्चिमले ९० रनको फराकिलो जित दर्ज गरेको थियो । सुदूरपश्चिमले दिएको १ सय ८२ रनको विशाल ल्क्ष्य पछ्याएको विराटनगर १६ दशमलव १ ओभरमा ९२ रनमै अलआउट हुन पुग्यो । विराटनगर विरुद्धको खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २४ बलमा ५७ रनको आक्रामक पारी खेलेका थिए ।

ब्याटिङमा सानदार प्रदर्शन गरेको सुदूरपश्चिमको बलिङ लाइन पनि आक्रामक देखिएको थियो । यसरी प्रतियोगिताका आक्रामक सुरुआत गरेको सुदूरपश्चिमलाई रोक्न काठमाडौंका लागि सहज भने पक्कै छैन् । तर, सुदूरपश्मिले पनि काठमाडौंलाई हल्का लिनु पक्कै हुँदैन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ