२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

एनपीएल विशेषः चितवनको धमाकेदार दोस्रो जित, पोखराको खराब सुरुवात



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनले पोखरामाथि ८७ रनको प्रभावशाली जित दर्ता गर्यो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै ओभरमा तीन तीन विकेट लिएपछि पोखराको ब्याटिङ धराशायी बनेको थियो ।

क्याप्टेन कुशल भुर्तेल र बास डी लिड गोल्डेन डकआउट भए भने भिचेल लिस्कले पनि खातै खोल्न पाएनन् । दिलिप नाथ चार रनमा आउट हुँदा निदेश खरेल, किरण ठगुन्ना र रेमन रेइफरले एकएक रन जोडे ।

यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको