काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए ।
ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।
प्रतिक्रिया