९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएलः काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दै


१७ मंसिर २०८१, सोमबार  

627
Shares

काठमाडौं । शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार (आज) हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको लामो अनुभव बोकेका करण केसी नेतृत्वको काठमाडौं र राष्ट्रिय टोलीका आक्रामक ब्याटर कुशल मल्ल नेतृत्वको चितवनबीचको प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कस्तो छ टिम काठमाडौं ?
नेपाली टिमका फास्ट बलर करण केसीको कप्तानीमा रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक, साहब आलम, भीम सार्की, रसिद खान जस्ता युवा खेलाडी छन् । टिममा शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल छन् ।

काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्यान्डका नेथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी, इंग्ल्यान्डका ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस छन् । काठमाडौँको आइकोनिक खेलाडीमा भने कृष कार्की छन् ।

कस्तो छ टिम चितवन ?
आक्रामक युवा ब्याटर कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजको चर्र्चा सामाजिक सञ्जालमा कमै छ । तर, यस टिमले मैदानमा भने आफ्नो प्रभाव जमाउन सक्ने देखिन्छ । यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि चितवनमा छन् ।

ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनमा छन् । त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ । बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुने ।

जसमा पार्ट टाइम बलर खोज्ने हो भने स्पिनमा कप्तान कुशल आफैं पनि आउन सक्छन् । चितवनका लागि इटोन लोफ्टी अर्का पार्ट टाइम बलर हुन सक्छन् । चितवनले पनि टिमलाई सन्तुलित बनाउनका लागि ५ विदेशी खेलाडीलाई भित्राएको छ ।

शनिबार (मंसिर १५) बाट सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । २० दिनको यो अवधिमा ३२ ओटा खेलहरु हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो