१० माघ २०८१, बिहिबार । January 23, 2025

ब्लाइन्ड टी–२० विश्वकपः सेमिफाइनलमा पुगेर रोकियो नेपालको विश्वकप यात्रा



काठमाडौं। ब्लाइन्ड टी–२० विश्वकप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ ।

आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकस्तिानले ५ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । पाकिस्तानका लागि कमरन अख्तरले ६३ र बाबर अलीले ३२ रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन मात्रै बनाउन सफल भएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । । यस्तै पाकिस्तानका मती उल्लाहले ३ विकेट लिएका थिए । सन् २०१२ देखि नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

लिग चरणमा २ खेलमा जित निकाल्दै ४ अंक जोडेको नेपाल भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । यसअघि लिग चरणमा पाकिस्तानसँग १० विकेट, श्रीलंकासँग ७० रन र बंगलादेशसँग ६७ रनले पराजित भएको थियो ।

यस्तै लिग चरणकै बाँकी दुई खेलमा अफगानिस्तानलाई १ सय ८ रन र दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्न सफल भएको थियो

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ