२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएलः विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १ सय २८ रनको लक्ष्य


१५ मंसिर २०८१, शनिबार  

606
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मार्टिन गप्टिलले ४३ बलमा सर्वाधिक ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हानेका थिए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।

अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रन जोडे । जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।

किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ