९ बैशाख २०८२, मंगलबार । April 22, 2025

एनपीएलः विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १ सय २८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मार्टिन गप्टिलले ४३ बलमा सर्वाधिक ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हानेका थिए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।

अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रन जोडे । जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।

किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै