९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएलको उद्घाटन आज, विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्दै


१५ मंसिर २०८१, शनिबार  

1k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजन आजबाट सुरु हुँदैछ ।

आज अर्थात शनिबार दिउँसो १२ बजेर १५ मिनेटबाट सुरु हुने एनपीएलका लागि सम्पूर्ण तयारी सकिएको क्यानले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुन लागेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

कुन टीम कति बलियो ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्स एनपीएलमा उपाधि दाबेदार मध्येको एउटा टीम हो । अक्सनमार्फत औसत खेलाडी खरिद गरेको विराटनगरले ५ विदेशी खेलाडी भित्राउँदै टिमलाई सन्तुलित बनाएको छ । विराटनगरसँग विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल छन् ।

एकदिवसीय विश्वकपमा एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका उनी एनपीएल खेल्न आउने ठूला नाम मध्येको एक हो । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल विराटनगरमा छन् । विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् ।

टिमको फर्मेसन हेर्ने हो भने विराटनगरको टपअर्डर ब्याटिङ मजबुत छ । विराटनगरको ओपनिङमा नेपालका लोकेश बम र न्यूजिल्यान्डका मार्टिन गप्टिल रहनेछन् । उनीहरूलाई टप अर्डरमा ओमनका अकिब इल्यासले पनि साथ दिनेछन् । मिडरअर्डर क्यानडाका निकोलस किर्तोनसहित अफगानिस्तानका इस्मात आलम र नेपालका राजेश पुलामी मगर जस्ता खेलाडीले सम्हाल्नेछन् ।

लोअर्डरमा बसिर अहमदसहित दीपक बोहरा, मिर्नाल गुरुङ र नरेन भट्ट जस्ता खेलाडी रहनेछन् । बलिङतर्फको नेतृत्व भने सन्दीप आफैँले सम्हाल्नेछन् । सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ जुन् एनपीएलमा काम लाग्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्सको कप्तानी भने अनिल साहले सम्हाल्नेछन् । यस टीममा राष्ट्रिय टोलीकै स्पीनर ललित राजवंशी पनि छन् । टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महलो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी रहेका छन् ।

टीमलाई सन्तुलित बनाउनका लागि जनकपुरले प्रभावशाली पाँच विदेशी खेलाडी भित्राएको छ । जसमा न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तानका अनुभवी खेलाडीसम्म रहेका छन् । जनकपुरले न्युजिल्याण्डका जिमी नीशम, पाकिस्तानका सोएब मकसुदसहित अमेरिकाका जोसुआ ट्रोम्प, मोहमद मोहसिन र लाहिरु मिलान्था अनुबन्ध गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ ।

आजबाट सुरु हुने एनपीएल पुष ६ गतेसम्म जारी रहनेछ । २० दिनको यो अवधिमा ३२ ओटा खेल हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो