११ श्रावण २०८३, सोमबार । July 27, 2026

एनपीएलका लागि क्यानले तोक्यो टिकटको मूल्य, सिजनल पासमा २० प्रतिशत छुट


१० मंसिर २०८१, सोमबार  

2.8k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले टिकट निर्धारण गरेको छ।

क्यानले प्रतियोगिताका लागि साधारण, भाइपी तथा सिजनलअनुसार फरक–फरक मूल्य निर्धारण गरेको हो। क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ।

त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरलतर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ। प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ। त्यस्तै, फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ, जसमा‌ २० प्रतिशत छुट दिइएको छ। प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४ हजार ४८०‌ रुपैयाँ र भीआईपी तर्फ ८ हजार २४० तोकिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर