१० बैशाख २०८३, बिहिबार । April 23, 2026

नेपाल भित्रियो टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट, के-के छन् विशेषता ?


६ मंसिर २०८१, बिहिबार  

642
Shares

काठमाडौं। नेपालको लागि टिभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेस्ट्रिक स्कुटर टिभीएस आइसक्युबको २.२ किलोवाट आवर भेरियन्ट सार्वजनिक गरेको छ।

यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् । जगदम्बा मोटर्सले एकै पटक १ लाख ३० हजार रुपैयाँले मूल्य घटाएर नयाँ भेरियन्ट आइक्यूब २.२ नेपाली बजारमा ल्याएको हो । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

जगदम्बा मोटर्सका अनुसार नयाँ भेरियन्टमा रहेको २.२ किलोवाट ब्याट्रीलाई २ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । यसलाई एकपटक फुलचार्ज गरेर ७५ किलोमिटरसम्म गुडाउन मिल्ने कम्पनीको दाबी छ । यसमा रहेको ब्याट्रीमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ । यस बीचमा ब्याट्रीमा कुनै खराबी भए एकै दिनमा रिप्लेस गर्ने कम्पनीले जानकारी दिएको छ ।

कूल तौल ११० केजी भएको यो स्कुटरमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले स्कुटरमा ट्युबलेस टायर दिएको छ भने यसमा अधिकतम टर्क १४० न्युटनमिटर पाउन सकिन्छ । वाटर एन्ड डस्टर रेसिस्टेन्समा यसले आईपी ६७ सेटिङ पाएको छ भने पाँच इन्चको कलर टीईएफ स्क्रिन स्कुटरमा राखिएको छ ।

साथै स्कुटरमा ३० लिटरको अन्डर सिट स्टोरेज पनि भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म