९ कार्तिक २०८३, सोमबार । October 26, 2026

कुलमानको चेतावनीः १५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं


२८ कार्तिक २०८१, बुधबार  

30
Shares

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका हुन् । उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नु पर्ने बताएका छन् । घिसिङले बक्यौता नतिर्ने उद्योगमा विद्युतको लाइन काट्ने र जोड्ने भन्दा पनि समस्या समाधानतिर लाग्नुपर्ने बताएका छन् ।

घिसिङले दीर्घकालीन समाधानतिर लाग्नुपर्नेमा जोड दिएका छन् । बक्यौता तिर्नको लागि २८ किस्ताको सुविधा दिइएको भन्दै घिसिङले एउटा मात्रै किस्ता तिरेका उद्योगको पनि लाइन नकाटिएको समेत बताएका छन् । उनले अहिले १४ उद्योगले यस्तो सुविधा उपभोग गरिरहेको पनि जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय र निर्देशनसँगै प्राधिकरणले सबै उद्योगको लाइन जोडिसकेको छ । २०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो । नियमित विद्युत् महसुल तिरिरहेका उद्योगीहरूले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल बक्यौता २०७२ साउनदेखि २०७७ असारसम्मको भएको प्राधिकरणको भनाइ हो ।

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता हालसम्म करिब २२ अर्ब पुगेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा